अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०१ | Colorodo: 15:16

कृषिमा विदेशी लगानीको विरोधमा काठमाडौंमा प्रदर्शन

बिआरटीनेपाल २०७७ माघ १४ गते ७:२२ मा प्रकाशित

कृषिमा विदेशी लगानीको विरोधमा सरोकारवालाहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । कृषिमा विदेशी लगानीविरुद्ध राष्ट्रिय संघर्ष समितिले बुधबार दिउँसो बानेश्वरमा आ(आफ्नो पेसा झल्किने सामग्रीसहित विरोध प्रदर्शन गरेको हो ।

सहभागीले सांकेतिक हलो, दूधको क्यान, ब्यानर, प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले ’सरकारले प्राविधिक सहयोग गरोस्, हामी उत्पादन गर्न तत्पर छौं’, ’कृषिमा विदेशी लगानी स्वदेशी किसान अब कता जानी ?’ लगायत सन्देश लेखिएका ब्यानर, प्लेकार्ड लिएका थिए ।

प्रतिक्रिया