अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १० करोड नाघ्यो

बिआरटीनेपाल २०७७ माघ १४ गते ७:१२ मा प्रकाशित

विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १० करोड नाघेको छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरस अहिले विश्वभर फैलिएको छ । अहिलेसम्म १० करोड नौ लाखभन्दा धेरै जना यो भाइरसबाट सङ्क्रमित भएका छन् ।

यस्तै सात करोड २९ लाखभन्दा धेरै मानिसले कोरोनालाई जितेका छन् । तर २१ लाख ६९ हजारभन्दा धेरैको भने कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा दुई करोड ६० लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । कोरोनाका कारण त्यहाँ चार लाख ३५ हजारभन्दा धेरैको ज्यान गएको छ ।

कोरोनाबाट प्रभावित दोस्रो देशमा भारत छ । त्यहाँ अहिलेसम्म एक करोड ६९ लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । कोरोनाका कारण भारतमा एक लाख ५३ हजारभन्दा धेरैको ज्यान गएको छ ।

ब्राजिलमा अहिलेसम्म ९ लाख ३६ हजारभन्दा धेरैमा कोरोना भाइरस सङ्क्रमण भएकोमा दुई लाख १८ हजारभन्दा धेरैको ज्यान गएको छ । अहिलेसम्म १९ देशमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा धेरै छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू