अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 16:02

बाग्मती प्रदेशसभामा मुख्यमन्त्री पौडेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता

बिआरटीनेपाल २०७७ माघ ९ गते ७:३६ मा प्रकाशित

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा पेस भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वासको प्रस्तावले प्रवेश पाएको हो । प्रदेशसभाको बैठकमा प्रचण्ड–माधब समूहका सांसद तथा पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री अरुण नेपालले अविश्वासको प्रस्ताव पेस गर्नुभयो ।

तीन वर्षको अवधिमा मुख्यमन्त्री पौडेलले जनताको हितमा अपेक्षाकृत ढंगले काम गर्न नसकेका कारण अविश्वासको प्रस्ताव दर्ता गरिएको उहाँले बताउनुभयो । कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको पनि बताउनुभयो । सदनमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको पनि नेपालले बताउनुभयो ।

प्रदेशसभाको अर्को बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने छ । अविश्वासको प्रस्तावमाथि अब बस्ने प्रदेशसभाको बैठकमा छलफल अगाडि बढ्ने छ ।

प्रतिक्रिया