अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

विश्वका ६० देशमा कोरोनाको नयाँ प्रजाति

बिआरटीनेपाल २०७७ माघ ७ गते ७:३३ मा प्रकाशित

कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) विश्वका ६० वटा मुलुकमा भेटिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको नयाँ प्रकार विश्वका कम्तीमा ६० मुलुकमा फैलिसकेको बताएको हो ।डब्ल्यूएचओले बुधबार दिएको जानकारी अनुसार पछिल्लो एक सातामा मात्र थप १० मुलुकमा नयाँ कोरोना देखिएको छ । बेलायतबाट फैलिएको कोरोनाको केही दिनअघि नेपालमा पनि देखिएको छ ।

नयाँ प्रकारको कोरोना फैलिएसँगै अहिले धेरै मुलुक समस्यामा परेका छन् । अहिले धेरै मुलुक कोरोना विरुद्धको खोप धेरै मानिसहरुमा पुगेपछि संक्रमण नियन्त्रणमा आउने आशामा छन् । अर्को दक्षिण अफ्रिकाबाट फैलिएको कोरोनाको प्रकार पनि अहिलेसम्म विश्वका २३ मुलुकमा फैलिसकेको डब्ल्यूएचओले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू