अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 23:47

अमेरिकामा एक अत्याचारी शासकको युगको अन्त्य – इरानी राष्ट्रपति रुहानी

बिआरटीनेपाल २०७७ माघ ७ गते ७:२३ मा प्रकाशित

इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गर्नुभएको छ । ट्रम्पले बुधबार नै आफ्ना कार्यालय छोड्दै हुनुहुन्छ । ‘एक अत्याचारी शासकको युगको अन्त्य भयो र आज उनको अशुभ शासनको अन्तिम दिन हो । उनले चार वर्षसम्म अन्याय र भ्रष्टाचार र आफ्नै नागरिक र संसारका लागि समस्या निम्त्याउनुबाहेक अरू कुनै फलदायी कार्य गरेनन्’, रुहानीले एक टेलिभिजनमा गर्नुभएको टिप्पणीमा बताउनुभएको छ ।

शक्तिशाली देश संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा बुधबारदेखि नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हाल्दै हुनुहुन्छ । गएको नोभेम्बर ३ मा सम्पन्न चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी हुनुभएको थियो ।

रिपब्लिकन पार्टीका उम्मेदवार रहेका राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएसँगै दोस्रो कार्यकालका रूपमा राष्ट्रपतिमा निर्वाचित हुन पाउनुभएन । राष्ट्रपति ट्रम्पले सन् २०१६ मा सत्ता सम्हालेलगत्तै इरानसँगको आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गर्दै इरानमाथि कठोर आर्थिक नाकाबन्दी गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू