अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 04:59

डेनभर मगर समाजको तेस्रो साधारण सभा एवं माघे सक्रान्तीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७७ माघ ६ गते १०:२० मा प्रकाशित

यही माघ १ गते ब्राईटनको फिस्टेल रेस्टुरेन्टमा डेनभर मगर समाजको तेस्रो साधारण सभा एवं माघे सक्रान्तीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । मगर जातिहरूको सांस्कृतिक पर्व माघे संक्रान्तीको अवसरमा सम्पूर्ण नेपाली समाजलाई शुभकामना व्यक्त गरेको छ । साथै डेनभर मगर समाजको पुरानो कार्यसमितिको अवधि सकिएको र नयॉं समिति गठन बारे समाजको सल्लाहकार शङ्कर गुरुङलाई छलफलमा ल्याउन जिम्मा दिइएको थियो ।

सल्लाहकार शङ्कर गुरुङ कै पहलमा पुरानै कार्यसमितिलाई पुन दुई वर्षको लागी सर्वसम्मत सोही पदमा निर्वाचित गरिएको छ । जसमा अध्यक्ष गोविन्द अस्लामी, उपाध्यक्ष टेक थापा, सचिव कृष्ण थापा, कोषाध्यक्ष सुप्रिना थापा, सहसचिव केशव थापा र सदस्यहरूमा दिपंकर राना, विनोद आले, दीपक शमशेर राना, दीपक आले नियुक्ति भएका छन् । यसै साधारण सभामा विविध विषयमा निर्णय भएका थिए जसमा कोलोराडोमा बन्न लागेको सामुदायिक भवनको लागि यस समाजका सदस्यहरूबाट व्यक्तिगत र सामूहिक रूपमा सक्दो सहयोग गर्ने निर्णय भएको छ । कोरोना महामारीबाट पर्न गएको असर प्रति सदभाव एवं दुख व्यक्त गर्दै सम्पूर्ण नेपाली समुदायलाई सुरक्षित रहन आग्रह गरेको छ । अन्त्यमा डेनभर मगर समाजको नवनिर्वाचित कार्यसमितिले समाजको सम्पूर्ण सदस्यहरूलाई एन आर एनको कोलोराडो च्याप्टरलाई हाल चलिरहेको पुरानो सदस्यता नवीकरण र नयॉं सदस्यता लिएर आवश्यकता अनुसार सहयोग पुर्‍याउने निर्णय गरिएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू