अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 04:59

पत्नीसँग कुरा गरेको पाँच मिनटमा लन्डनमा नेपाली युवकको हत्या

बिआरटीनेपाल २०७७ माघ ५ गते ८:४४ मा प्रकाशित

लन्डन । बेलायतको लन्डनमा नेपाली युवक ३५ वर्षीय विक्रम केसीको हत्या भएको छ । केसीको हत्या स्थानीय समय आइतबार राति दश हत्या भएको नेपलिज सेफ एसोसिएसन युकेका अध्यक्ष कृष्ण तिमल्सिनाले जानकारी दिएका छन् । केसीले सेफको काम गर्दै आएका थिए ।

लन्डन इस्टकोट स्टेसन अगाडि झगडा हुँदा केसीको हत्या भएको अध्यक्ष तिमल्सिनाले जानकारी दिएका छन् । मुस्लिम समुदायका २१ वर्षीय युवकले कुटपिट गरेपछि केसीको घटनास्थलमा मृत्यु भएको जनाइएको छ । हत्यामा संलग्न ती युवकलाई स्थानीय प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । केसी र ती मुस्लिम युवकबिच सामान्य विवाद हुँदा झगडा भएको जनाइएको छ ।

सोसल ढाबा नामक रेष्टुरेन्टमा काम गरेर फर्किरहेका केसी र ती अपरिचित युवकबिच वादविवादपछि झडप भएको जनाइएको छ । झगडाको कारण खुल्न सकेको छैन । हत्या हुनुभन्दा ५ मिनट अगाडि केसीले आफ्नी श्रीमतीलाई फोन गरेर ‘म ५ मिनेटमा घर आइपुग्छु’ भनेको तिमल्सेनाले बताएका छन् । हत्या गरिएका केसी भारत, कुवेत हुँदै सन् २००७ मा लन्डन आएका थिए । काठमाडौँ घर भएका केसी श्रीमती र भाइ–बुहारीका साथ लन्डनमा बस्दै आएका थिए । दैनिक नेपाल

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू