अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 00:43

योवेरी मुसेभेनी लगातार छैटौंपटक युगाण्डाका राष्ट्रपतिमा निर्वाचित

बिआरटीनेपाल २०७७ माघ ४ गते ५:०७ मा प्रकाशित

 अफ्रिकी मुलुक युगाण्डामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा योवेरी मुसेभेनी छैटौं कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको छ । जनवरी १४ मा सम्पन्न निर्वाचन परिणाम अनुसार मुसेभेनीले ५८ दशमलव ६४ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

मुसेभेनीका प्रतिस्पर्धी रोबर्ट क्यागुल्यानीले ३४ दशमलव ८३ प्रतिशत मत प्राप्त गर्नु भएको छ । विजयी भएको घोषणा लगत्तै मुसेभेनीले आफुले मुलुकमा स्थायित्वको प्रतिनिधित्व गर्ने बताउनुभयो । राष्ट्रपति मुसेभेनीले बिहीबारको निर्वाचनलाई अहिलेसम्मकै निष्पक्ष भने पनि विपक्षीहरुले भने चुनावमा व्यापक धांधली भएको आरोप लगाएका छन् ।

मतदान हुनु अघि इन्टरनेट बन्द गरिएको भन्दै निर्वाचन परिवेक्षकहरुले विरोध जनाएका थिए । चुनावी हिंसामा धेरै जनाको मृत्यु भएको थियो । ७६ वर्षिय मुसेभेनी सन् १९८६ देखि सत्तामा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू