अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 02:50

अनेसास, कोलोराडो शाखाले आफ्नो विधान संशोधन गर्‍यो

बिआरटीनेपाल २०७७ पुष ११ गते २१:१८ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको विधान २०१२ को पहिलो संशोधन (२०२०) दुई तिहाइ भन्दा अधिक आजीवन सदस्य सङ्ख्याको समर्थनबाट अनुमोदन भएको छ । शाखामा आवद्द रहेका ९४ आजीवन सदस्य मध्ये ७५ आजीवन सदस्यले अनुमोदन सम्बन्धी मतदानमा भाग लिएको र ७५ जानैले संशोधनको पक्षमा मत दिएको जानकारी विआरटीनेपाललाई प्राप्त भएको छ ।

संशोधन मस्यौदा अनुमोदनको निमित्त डिसेम्बर १९, २०२० देखि डिसेम्बर २५, २०२० सम्म इमेल मार्फत मतदान गर्ने व्यवस्था गरिएको थियो । संशोधनको मस्यौदा पदम विश्वकर्मा (संयोजक) र सदस्यहरू रमेश गुरुङ, श्याम श्रेष्ठ, विजयदेव अधिकारी, र राजु सिटौला रहेको विधान संशोधन समितिले तयार पारेको थियो ।

प्रतिक्रिया