अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

एमसीसीद्वारा श्रीलङ्कासँगको प्रस्तावित सम्झौता रद्द

बिआरटीनेपाल २०७७ पुष २ गते ६:४२ मा प्रकाशित

वाशिङ्टनमा रहेको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) बोर्डले श्रीलङ्कासँगको प्रस्तावित ४८० मिलियन अमेरिकी डलर बराबरको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । ‘श्रीलङ्का प्रशासनले सहकार्य गर्न चासो नदेखाएपछि १५ डिसेम्बरमा बोर्डको बैठकले उससँगको सम्झौता रद्द गर्ने निर्णय गरेको हो’, कोलम्बोमा रहेको अमेरिकी दूतावासले भनेको छ ।

यसअघि श्रीलङ्काले आर्थिक विकासमा जोड दिन, गरिबी घटाउन र अर्थतन्त्र बढाउन अनुदान लिने निर्णय गरेको थियो । देशको स्वामित्व, पारदर्शिता र अनुदान परिणामहरूको लागि उत्तरदायित्व एमसीसीको विकास मोडेलको आधारभूत हुन्छ । अमेरिकी सहयोग नियोगको एमसीसीले विश्वका ३० देशलाई झण्डै १३ दशमलव ५ बिलियन डलर बराबरको अनुदान दिएको अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू