अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 18:32

विश्वभर ४ करोड ४१ लाख १२ हजार ७ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ मंसिर १६ गते ६:३८ मा प्रकाशित

विश्वभर हालसम्म ४ करोड ४१ लाख १२ हजार ७ सय ८० जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ६ करोड ३७ लाख २ हजार ९ सय ६० पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १४ लाख ७६ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड ८१ लाख १३ हजार ५ सय ४८ संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये १ लाख ५ हजार ९ सय १२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड ८० लाख ७ हजार ६ सय ३६ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म १ करोड ३९ लाख २० हजार ३८ जना संक्रमित भएका छन् भने २ लाख ७४ हजार ३ सय ३२ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ९४ लाख ६३ हजार २ सय ५४ जना संक्रमित हुँदा १ लाख ३७ हजार ६ सय ५९ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ६३ लाख ३६ हजार २ सय ७८ जना संक्रमित भएका छन् भने १ लाख ७३ हजार १ सय ६५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू