अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

इथियोपियाको उत्तरी टिग्रे क्षेत्र सरकारी सेनाको कब्जामा आएको प्रधानमन्त्रीको दाबी

बिआरटीनेपाल २०७७ मंसिर १४ गते ७:२३ मा प्रकाशित

इथियोपियाका प्रधानमन्त्री अबी अहमदले इथियोपियाको उत्तरी टिग्रे क्षेत्र पूर्ण सरकारी सेनाको कब्जामा आएको दाबी गर्नुभएको छ ।इथियोपियाको मेकेलेमा प्रवेश गर्दै सेना टिग्रेसम्म प्रवेश गरी आफनो नियन्त्रणमा लिएको प्रधानमन्त्री अबीकोे भनाइ छ ।

विगत तीन सातादेपखको संघर्ष अन्त्य गर्न सरकारले विद्रोही समूहलाई ७२ घण्टाभित्र आत्मसमर्पण गर्न अल्टिमेटम दिएको थियो ।विद्रोही र सरकारी सेनाबीच जारी संघर्षका कारण सयौंको मृत्यु भइसकेको छ भने ४० हजारभन्दा बढी मानिस विस्थापित भइसकेका छन् ।

सरकार र विद्रोहीका सैन्य गतिविधिले अझै बढी नागरिक पलायन हुने भन्दै विभिन्न दातृ निकायहरुले वार्ताबाट समस्या समाधानको पहल गर्न आग्रहसमेत गरेका छन् । यता विद्रोही समूहले भने सरकारी चेतावनीको प्रतिकार गर्ने जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू