अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४६ | Colorodo: 05:01

युरोपमा कोरोना भाइरसको दोस्रो लहर फैलियो

बिआरटीनेपाल २०७७ कार्तिक १२ गते ७:२१ मा प्रकाशित

युरोपमा कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिएको छ । अघिल्लो साताभन्दा युरोपमा सङ्क्रमितको संख्या ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सङ्गठनकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, युके, द नेदरल्र्याण्ड र रुसमा धेरै सङ्क्रमित देखिएको बताउनुभएको छ । सङ्क्रमितको संख्या एक तिहाइले वृद्धि भएको ह्यारिसले बताउनुभएको बीबीसीले जनाएको छ ।

युरोपमा सबैभन्दा धेरै सङ्क्रमित भएको रुसमा पछिल्लो २४ घण्टामा ३२० जनाको मृत्यु भएको छ । योसँगै रसियामा कोरोनाले मृत्यु हुनेको संख्या २६ हजार ५८९ पुगेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ३३ हजार ४१७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ५२३ जनाको मृत्यु भएको छ ।

स्पेनले नियन्त्रणका लागि कडा प्रतिबन्धको घोषणा गरिसके पनि सङ्क्रमण रोकिएको छैन । त्यहाँ पछिल्लो २४ घण्टामा १८ हजार ४१८ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै बेलायामा २२ हजारभन्दा बढी इटालीमा २१ हजार ९९४ र जर्मनी १३ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । वल्र्डमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा युरोपमा २ लाख २३ हजार १९२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २ हजार ७५७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू