अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०५ | Colorodo: 01:20

पाकिस्तानको कराँचीमा भएको भिडन्तमा १० सुरक्षाकर्मीको मृत्यु

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते २२:१३ मा प्रकाशित

पाकिस्तानको कराँचीमा भएको भिडन्तमा १० जना सुरक्षाकर्मीको मृत्यु भएको छ । भिडन्त कराँचीस्थित सिन्ध प्रहरी र पाकिस्तानी सेनाका जवानबीच भएको हो ।सेनामा जवानले सिन्धका प्रहरी अधिकृत मोहम्मद अफताब अन्बरलाई गिरफ्तार गर्नेक्रममा दुबै पक्षबीच भिडन्त भएको थियो । दोहोरो गोली हानाहानमा सेनाका पाँच जवानको मृत्यु भएको हो ।

पाकिस्तान डेमोक्रेटिक मुभोन्ट (पिडिएम) को अग्रसरमा देशव्यापी विरोध प्रदर्शन भइरहेका सन्दर्भमा उक्त घटना भएको हो । पिडिएमले प्रधानमन्त्री इमान खानको सरकारको बहिर्गमनको माग गर्दा देशव्यापी प्रदर्शन गरिरहेको छ ।

जुलसुमा भाग लिएमा पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल –एन) मा नेता सफदार अवानलाई प्रहरीले पक्राउ गरेको छ । पिएलएम – एनमा प्रकक्ता मरयाम नवाज र सिन्धका पूर्व गर्भरनर मुहम्मद जुबेरले सिन्धका प्रहरी प्रमुख मुस्ताक मेहरलाई सेनाले अपहरण गरेको आरोप लगाएमा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू