अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५९ | Colorodo: 00:14

नाइजेरियाको लागोसमा प्रहरीको दमनविरुद्ध प्रदर्शन,२० जनाको मृत्यु

बिआरटीनेपाल २०७७ कार्तिक ५ गते ६:५९ मा प्रकाशित

नाइजेरियाको लागोस शहरमा प्रहरीको दमनविरुद्ध चर्किएको प्रदर्शनमा कम्तिमा २० जनाको मृत्यु भएको छ ।सुरक्षाकर्मीले चलाएको गोली लागि ५० भन्दा बढी घाईते भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।एम्नेष्टीले पनि घटनामा भएको हताहतिबारे विश्वासिलो रिपोर्ट प्राप्त गरेको जनाएको छ ।

अधिकारीहरुले भने गोलीकाण्डको छानबीन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।टना पछि लागोस र आसपासको क्षेत्रमा अनिश्चितलकालीन कफ्र्यू लगाइएको छ । लागोसमा विगत दुई हप्तायता प्रहरीको स्पेशल एन्टी रोवरी स्क्वाड युनिटको ज्यादतीविरुद्ध सडक प्रदर्शन भैरहेको छ । राष्ट्रपति महोम्मद बुहारीले अहिले यो यूनिट भंग गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू