अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५० | Colorodo: 02:05

कोरोना संक्रमण पुनः बढेपछि इटालीमा थप प्रतिबन्ध लगाइयो

बिआरटीनेपाल २०७७ कार्तिक ३ गते ७:०० मा प्रकाशित

कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि इटालीमा थप प्रतिबन्ध लगाइने भएको छ ।मास्क लगाएर उपस्थित भएका प्रधानमन्त्री जुसेपे कोन्तेले पुनः लकडाउनको अवस्था आउन प्रतिबन्धात्मक उपायहरु लागु गर्नु परेको बताउनुभएको छ ।विभिन्न शहरका सार्वजनिक स्थलहरु निश्चित समयपछि बन्द गर्ने तथा रेस्टुरेन्ट खोल्ने समय तथा त्यहाँ उपस्थित हुन पाउने मानिसको संख्या निर्धारण गर्ने अधिकार दिइएको छ ।

इटालीमा पछिल्ला दिनहरुमा लगातार संक्रमितको संख्या बढ्दै गएको छ । कोरोना भाइरसको महामारीको पहिलो लहरमा युरोपमा सबैभन्दा पहिले सबैभन्दा बढी प्रभावित हुने देश इटालीमा अहिले महामारीको दोस्रो लहर सुरु भएको हो ।युरोपका विभिन्न देशमा पनि अहिले संक्रमण पुनः बढ्न थालेको छ । इटालीमा अहिलेसम्म चार लाख १४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ र ३६ हजार ५ सय जनाको ज्यान गएको छ ।

प्रधानमन्त्री कोन्तेले टेलिभिजन मार्फत सम्बोधन गर्दै अर्थतन्त्रमा गम्भीर असर पार्ने विगतको जस्तो लकडाउन गर्नु पर्ने अवस्था नआओस् भन्नेतर्फ सरकार सचेत रहेको बताउनुभयो ।उहाँले सुरक्षाका लागि प्रतिबन्धात्मक उपायहरु अपनाउनुको विकल्प नरहेको पनि बताउनुभयो ।

सरकारले सक्दो प्रयास गरिरहेको र नागरिकले पनि आफ्नो भूमिका निर्वाह गर्नु पर्ने उहाँले बताउनुभयो ।उहाँले विद्यालयका माथिल्लो कक्षाका विद्यार्थीहरुको विद्यालय समय कम गर्ने तथा सकेसम्म घरबाटै अध्ययन गर्ने व्यवस्था मिलाउने, बार तथा रेस्टुरेन्टहरु मध्यरातमा बन्द गर्नु पर्ने नियम लागू भएको बताउनुभयो । यस्तै अधिकतम एक समूहमा ६ जना हुन पाउने छन् । स्थानीय सभा सम्मेलन तथा उत्सवहरु गर्न रोक लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू