अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१५
| Colorodo: 04:30
नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १५ हजार ४ सय ३८ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा सो संख्यामा संक्रमित थपिएको बताउनुभयो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको उहाँले जानकारी दिनुभयो । नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाका कारण थप १२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय २७ पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार ८ सय जना कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । योसँगै कोरोना निको भएर हालसम्म डिस्चार्ज हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ रहेको मन्त्रालयले जनाएको छ ।