अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१० | Colorodo: 05:25

प्रचण्डसँग सल्लाह गरेर कर्णाली विवाद मिलाउने प्रधानमन्त्री ओलीको आश्वासन

बिआरटीनेपाल २०७७ कार्तिक १ गते ७:१३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका कर्णालीका नेकपा सांसदहरुलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाह गरेर विवाद समाधान गर्ने आश्वासन दिनुभएको छ । शनिबार बालुवाटार दुबै पक्षलाई बोलाएर उनीहरुका कुरा सुनेपछि प्रधानमन्त्री ओलीले पार्टीको निर्णय सबैले मान्नुपर्ने, कर्णाली विवादको समाधान आफू र अर्का अध्यक्ष प्रचण्ड सल्लाह गरेर गर्ने आश्वासन दिनुभएको हो ।

बैठकमा प्रधानमन्त्री ओलीले विवादमा तानिएका दुबै पक्षलाई छलफलका लागि बोलाउनुभएको थियो । तर प्रधानमन्त्रीले बालुवाटर बोलाए पनि प्रचण्डले जान अस्वीकार गर्नुभएको थियो । प्रचण्डले आफूले दुबै समूहलाई एक्लाएक्लै बोलाएर उनीहरुको कुरा सुनेको जवाफ ओलीलाई दिएर संयुक्त बैठकबाट बाहिरिनुभएको बताईएको छ । त्यसपछि ओली र पार्टी महासचिव विष्णु पौडेलले दुबै पक्षका कुरा एक–एक गरी सुन्नुभएको थियो ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध नेकपाका कर्णाली सहइन्चार्ज यामललाल कँडेललगायत १८ जना सांसदले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि अविश्वासको प्रस्ताव यथावत राखी छलफलका लागि बिहीबारसम्म काठमाडौँ आउन पार्टीका दुई अध्यक्षले लिखित निर्देशन दिनुभएको थियो । शनिबारको छलफल सकारात्मक रहेको र छिट्टै नै दुई अध्यक्ष मिलेर समस्या समाधान गर्नेमा आफूहरु आशावादी रहेको मुख्यमन्त्री शाहीले प्रमुख सचेतकबाट हालै निलम्बन गरेका सांसद गुलावजंग शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू