अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१० | Colorodo: 01:25

‘विश्वकै सबैभन्दा ठूलो’मध्येको गुलाबी हीरा नोभेम्बर ११ मा रूसबाट बिक्री गरिने

बिआरटीनेपाल २०७७ असोज २७ गते ७:३१ मा प्रकाशित

विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हीरा आगामी नोभेम्बर ११ मा लिलाम प्रक्रियामार्फत् बेचिने भएको छ ।रूसको सोतेबीको जेनेभा मग्निफिसन्ट ज्वेल्स् र नोबल ज्वेल्स्ले यसबारे सञ्चारमाध्यमलाई जानकारी गराएका हुन् ।‘गुलाबको आत्मा (द स्प्रिट अफ द रोज)’ नाम दिइएको उक्त १४.८३ क्यारेटको हीराको मूल्य दुई करोड ३० लाखदेखि तीन करोड ८० लाख अमेरिकी डलर पर्ने अनुमान गरिएको अमेरिकी पाक्षिक पत्रिका फोर्ब्सले जनाएको छ ।

लिलामीका लागि राखिएको उक्त रत्न विश्वभर पाइने अन्य बहुमूल्य धातुको दुई प्रतिशतमात्रै रहेको अनुमान गरिएको छ । ‘यो बिक्री एलोरोसा र सोथेबीबीच लामो समयसम्मको सम्बन्धको परिणाम हो । यस उत्कृष्ट धातुकोबारेमा धेरै महिनासम्म छलफल भएको थियो र छलफलले यसलाई बिक्रीको लागि प्रस्ताव गर्ने उत्तम तरिका भएको निष्कर्ष निकालेको थियो’(विशेषज्ञ र सोथेबीको ज्वेलरी विभागका निर्देशक तथा ज्वेल्स बिक्री प्रमुख बेनोइट रिपेलिनलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गोलाकार आकारको उक्त मणि २७.८५ क्यारेटको स्पष्ट गुलाबी डायमन्डले बनेको छ । रूसको उत्तरी पूर्वी साखा गणतन्त्रमा रूसी खनिज कम्पनी अलरोसाको स्वामित्वमा रहेको खानीमा भेटिएको थियो । हीरालाई सेर्गेई डायागिलेभले निर्माण गरेपछि ‘द स्पिरिट अफ द रोज’ नाम दिइएको थियो भने सन् १९११ को अप्रिल १९ मा पहिलोपटक सार्वजनिक गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू