अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:११ | Colorodo: 18:26

चीनको क्विन्डाओ सहरका ९० लाख बढीको पाँच दिनभित्र कोरोना परीक्षण गरिने

बिआरटीनेपाल २०७७ असोज २६ गते ७:४३ मा प्रकाशित

चीनको पूर्वी तटीय सहर क्विन्डाओमा छजनामा कोरोनाभाइरसको लक्षण देखिएको भन्दै पाँच दिनभित्र सहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीहरुले बताएका छन् । केही महिनाभित्रै पूरै सहरका बासिन्दाको परीक्षण गरिएको यो पहिलोपटक हो । चीनको वुहानमा कोरोनाभाइरस पहिलोपटक देखिएको चीनले यसलाई नियन्त्रणमा ल्याइसकेको बताएको छ ।

विश्वका विभिन्न क्षेत्रमा सरकारहरुले ‘लकडाउन’ गरेपनि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । आइतबार क्विन्डाओमा ६ जनामा कोरोना पुष्टि भएको थियो । यस सहरमा ९४ लाखको बसोबास छ । पाँचओटा जिल्लामा तीन दिनभित्र परीक्षण गरिने र पूरै सहर पाँच दिनभित्र परीक्षण गरिने क्विन्डाओ नगरका स्वास्थ्य अधिकारीले बताएका छन् ।

तर, ती अधिकारीले सहरका कति मानिसको परीक्षण हुनेछ भन्ने खुलाएका छैनन् ।चीनमा व्यापक र तीव्र परीक्षण गर्ने क्षमता छ । स्वास्थ्य आयोगले एक लाख ४० हजारभन्दा बढी स्वास्थ्यकर्मी, नयाँ भर्ना भएका बिरामी र सुरक्षाकर्मीको परीक्षण गरिसकेको जनाएको छ ।

गत जुन महिनामा बेइजिङको ठूलो क्षेत्रमा व्यापक परीक्षण गरिएको थियो । खाद्यबजारमा केही व्यक्तिमा कोरोना देखिएसँगै करिब दुई करोडभन्दा बढी जनसंख्या रहेको बेइजिङका हटस्पटमा परीक्षण गरिएको थियो ।चीनले कोरोनाभाइरस नियन्त्रणका लागि कडा लकडाउन जारी गर्नुका साथै कोरोना परीक्षणलाई व्यापक बनाएको थियो । जसका कारण विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमाथि दबाब उत्पन्न भएको थियो । तर, अहिले चीनले आर्थिक गतिविधिलाई पुनः पहिलेकै अवस्थामा पु¥याउन लागिसकेको छ ।

गत साता राष्ट्रिय बिदाका अवसरमा देशव्यापीरुपमा करोडौं नागरिक छुट्टी मनाउन अन्यत्र गएका थिए । चीनले पछिल्लो समय कोरोनाभाइरसको खोप निर्माणलाई पनि तीव्रता दिएको छ । चीनका धेरै कम्पनी खोप निर्माणको अन्तिम चरणमा पुगिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू