अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०८ | Colorodo: 00:23

अजरबैजान र अर्मेनियाबीच युद्धविराम, युद्धमा ४०० जनाले ज्यान गुमाए

बिआरटीनेपाल २०७७ असोज २४ गते ७:२४ मा प्रकाशित

अजरबैजान र अर्मेनियाबीच शनिबार युद्धविरामका विषयमा सहमति भएको बताइएको छ ।यी दुई देशबीच युद्धविरामको सम्झौता भएको र शनिबारदेखि युद्धविराम लागू हुने रुसी विदेशमन्त्रीले जानकारी दिनुभएको हो ।रुसी राजधानी मस्कोमा गएको करिब १० घन्टासम्म यी दुई देशबीच वार्ता भएको थियो । उक्त वार्तापछि युद्धविरामको सहमति भएको रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले जानकारी दिनुभएको जनाइएको छ ।

अब यो युद्धविरामसँगै हालैका दिनमा त्यहाँ जारी रहेको समस्याको समाधानका लागि पनि अब दुई मुलुकले ठोस वार्ता गर्ने भएका रुसी विदेशमन्त्री लाभरोभले जानकारी गराउनुभएको हो ।यी दुई देशकाबीचमा दशकौंदेखि भूमिसम्बन्धी विवाद रही आएको छ । यी दुई मुलुकबीच पछिल्लो समय सेप्टेम्बर २७ मा युद्ध भड्किएपछि आक्रमण जारी रहेको छ ।हिमाली क्षेत्र नोगोर्नो काराबाखलाई लिएर पछिल्लो समयमा यी दुई देशबीच भएको युद्धमा परेर करिब ४०० जनाले ज्यान गुमाएका पनि जनाइएको छ ।

काराबाख क्षेत्रमा युद्ध बढ्दै गएपछि विश्व समुदायको ध्यान त्यसतर्फ पुगेको थियो । त्यहाँ युद्ध भने जारी छ ।त्यस युद्धको अन्त्यको पहलस्वरुप रुसले मध्यस्थता थालेको थियो । शनिबार पनि रुसकै पहलमा यी दुई देश युद्धविरामका लागि तयार भएका हुन् ।अर्मेनियामा रुसको सैन्य आधारशिविर पनि रहेको बताइएको छ । त्यस्तै, अजरबैजानसँग पनि रुसको सम्बन्ध रहेको बताइएको छ ।

विवादास्पद नागोर्नो काराबाख क्षेत्र अजरबैजानको भूमि हो । तर, त्यो क्षेत्र लामो समयदेखि नै अर्मेनियाको जातीय समूहको नियन्त्रणमा रही आएको छ ।सोही क्षेत्रलाई लिएर यसअघि पनि सन् १९९१ देखि १९९४ सम्म दुई मुलुकबीच युद्ध भएको थियो । त्यस युद्धमा हजारौं नागरिकको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू