अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१२ | Colorodo: 15:27

जिबुटीमा भएको डुंगा दुर्घटनामा ८ आप्रबासीको मृत्यु, १२ जना वेपत्ता

बिआरटीनेपाल २०७७ असोज २० गते ७:३५ मा प्रकाशित

जिबुटीको बन्दरगाहामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ८ आप्रबासीको मृत्यु भएको छ। घटनामा परी अरू १२ जना घाइते पनि भएको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)ले जनाएको छ। संयुक्त राष्ट्रसंघको एक निकायको रूपमा रहेको आइओएमले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनीहरूको मृत्यु र बेपत्तासम्वन्धी विवरणको पुष्टि गरेको हो।

दुर्घटनामा परेकाहरू यमनबाट यात्रामा निस्किएको पनि आइओएमका अधिकारीले जानकारी दिएका छन्। रेड सी को जिबुटी बन्दरगाह क्षेत्रमा यस्ता घटनाहरू पहिलापहिला पनि हुने गरेको र धेरै मानवीय क्षति भएको पनि उनीहरूले स्मरण गरेका छन्।

उनीहरू यमनको दक्षिणी सिमानामा पर्ने साउदी अरबसँग जोडिएको क्षेत्रमा जान लागेका थिए। यस क्षेत्रमा यसअघि सन् २०१९ को जुन महिनामा पनि दुई ओटा डुङ्गा डुब्दा कम्तीमा ५२ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू