अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२० | Colorodo: 22:35

’ब्ल्याक होल’ र आकाशगंगा तारापुञ्जको रहस्य पत्ता लगाउने ३ वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार

बिआरटीनेपाल २०७७ असोज २० गते ७:२२ मा प्रकाशित

सन् २०२० को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ’ब्ल्याक होल’ र आकाशगंगा तारापुञ्जको रहस्य पत्ता लगाउने ३ वैज्ञानिकलाई प्रदान गरिने भएको छ । मंगलबार स्टकहोममा भएको एक कार्यक्रमकाबीच स्विडिस एकेडेमीले यस वर्षको भौतिकशास्त्रतर्फको नोबल पुरस्कारहरु भौतिकशास्त्रीहरु रोजर पेनरोज तथा राइनहार्ड गेन्जेल र एन्ड्रिया गेजलाई प्रदान गरिने घोषणा गरेको हो । पुरस्कारको आधा हिस्सा पेनरोजले पाउनेछन् भने आधा हिस्सा गेन्जेल र गेजले पाउनेछन् ।

नोबेल कमिटीका अनुसार पेनरोजलाई ‘ब्ल्याक होल’को बनोट सापेक्षताको सामान्य सिद्धान्तको एक बलियो पूर्वानुमान हो भन्ने कुरा पत्ता लगाए बापत नोबेल पुरस्कार प्रदान गरिएको हो । यस्तै, गेन्जेल र गेजलाई तारापुञ्ज(ग्यालेक्सी) को केन्द्रमा एउटा ‘सुपर म्यासिभ कम्प्याक्ट अब्जेक्ट’ छ भन्ने कुरा पत्ता लगाएबापत भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको हो ।

पेनरोज बेलायती वैज्ञानिक हुन् भने उनी अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक हुन् । त्यस्तै जर्मन नागरिक गेन्जेल म्याक्स प्ल्यांक इन्स्टिच्युट फर एक्स्ट्राटेरेस्टियल फिजिक्सका निर्देशक हुन् भने बर्कली विश्वविद्यालयका प्राध्यापक हुन् । त्यसै गरी अमेरिकी नागरिक गेज क्यालिफोर्निया विश्वविद्यालयकी प्राध्यापक हुन् । विजेताले गोल्ड मेडल र एक करोड स्विडिस क्रोनर प्राप्त गर्नेछन् ।

सोमबार चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिक हार्भी जे अल्टर, चार्ल्स एम राइस र माइकल हाउटनलाई प्रदान गरिने घोषणा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू