अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१५ | Colorodo: 22:30

नेकपाका दुई अध्यक्षको छलफल सकियो, भोलि ४ बजे सचिवालय बैठक तय

बिआरटीनेपाल २०७७ असोज १६ गते १:३६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारका पछिल्ला काम कारबाहीमा केन्द्रित रहेर छलफल भएको छ ।अध्यक्षद्वय बीच भएको साढे १ घण्टा लामो छलफलले भोलि अर्थात शनिबार दिउँसो ४ बजे सचिवालय बैठक बोलाउने सहमति गरेको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सरकारले बिहीबार सिफारिस गरेका राजदूत तथा मन्त्रिमण्डल पुनर्गठनका सन्दर्भमा पनि अध्यक्षहरुबीच कुराकानी भएको बताइएको छ । बिहीबार बसेको मत्रिपरिषद् बैठकले अमेरिकाका लागि पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मीलाई राजदूतमा सिफारिस गरेको छ।

दुई अध्यक्षबीच बिहान १० बजे छलफल भएको हो । अध्यक्षद्वयबीच भएका छलफलका अन्य विषयबारे भने केही खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू