अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७ | Colorodo: 10:32

नेपालमा थप १ हजार ३ सय ५३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असोज ६ गते ७:१८ मा प्रकाशित

मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले योसहित देशभर कोरोना संक्रमितको जम्मा संख्या ६६ हजार ६ सय ३२ पुगेको जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा ८ सय २३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४८ हजार ६१ पुगेको छ । पछिल्लो २४ घन्टामा ११ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ । अहिले मुलुकभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५० वर्षीय पुरुष र काभ्रेमा ५० वर्षीया महिलाको कोरोना संक्रमणबाट मुत्यु भएको हो । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू