अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४१ | Colorodo: 23:56

राजीनामाको माग चर्किएपछि बेलारुसका राष्ट्रपतिद्वारा सेनालाई निर्देशन, सीमा बन्दको घोषणा

बिआरटीनेपाल २०७७ असोज ३ गते ७:४१ मा प्रकाशित

बेलारुसमा लगातार ६ सातादेखि राष्ट्रपतिको राजीनामा माग गर्दै मुलुकका विभिन्न सहरमा बृहत प्रदर्शनहरु भएपछि राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कोले सेनालाई उच्च सतर्कताको अवस्थामा रहन निर्देशन दिनुभएको छ ।उहाँले पोल्यान्ड र लुथियानासँगको पश्चिमी सीमानाका पनि बन्द गर्न निर्देशन दिनुभएको छ । पश्चिमी मुलुकहरुको सक्रियतामा देशभर विरोध प्रदर्शनहरु भइरहेको आरोप लगाउँदै आएका राष्ट्रपति लुकाशेन्कोले यस्तो निर्णय गर्नुभएको हो ।

राष्ट्रपति लुकाशेन्कोको आरोपको अमेरिका र युरोपियन युनियले खण्डन गरेका छन् ।अगस्त ९ मा भएको निर्वाचनमा राष्ट्रपति लुकाशेन्कोले धाँधली गरेको भन्दै उहाँविरुद्ध प्रदर्शनहरु सुरु गरिएको छ ।तर, निर्वाचन आयोगले सन् १९९४ बाट शक्तिमा रहनु भएका लुकाशेन्कोले ८० प्रतिशतभन्दा बढी मत पाएको र मुख्य विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले १० प्रतिशतभन्दा केही बढी भोट पाएको जनाएको थियो ।

प्रदर्शन दबाउन प्रहरी परिचालन गर्न थालेपछि प्रदर्शन थप उग्र बन्दै गएको थियो ।राष्ट्रपति लुकाशेन्कोले वुमन फोरमलाई सम्बोधन गर्दै सडकहरुबाट सेनालाई फिर्ता बोलाएर उच्च सतर्कताको अवस्थामा रहन निर्देशन दिएको उल्लेख गर्नुभयो ।उहाँले लुथियाना र पोल्यान्डसँगको सीमानाका पनि बन्द गरेको घोषणा गर्नुभयो ।

राष्ट्रपति लुकाशेन्कोले मुलुकमा युद्ध होस् भन्ने पक्षमा आफु नरहेको भन्दै बेलारुस, पोल्यान्ड र लुथियानाबीच कुनै सैन्य तनाव सिर्जना नहोस् भन्ने चाहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू