अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०७ | Colorodo: 15:22

कोभिड १९ को दोस्रो लहर आउने डब्ल्यूएचओको चेतावनी

बिआरटीनेपाल २०७७ असोज २ गते ७:४८ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड १९ को दोस्रो लहर आउने चेतावनी दिएको छ । डब्ल्यूएचओले कोरोना अहिले शुरुवाती चरणमै रहेको भन्दै अझै दोश्रो लहर आउने चेतावानी दिएको हो । विश्व स्वास्थ्य संगठनका प्रतिनिधि एवं स्वास्थ्य विशेषज्ञ डेभिड नाब्ररोले कोरोना महामारीको दोश्रो लहरको आशंका रहेको भन्दै सतर्क रहन आग्रह गर्नुभयो ।

बेलायत सांसदको हाउस अफ कमन्स फोरेन अफेयर्स कमिटीलाई जानकारी दिदै उहाँले यसको दोस्रो लहरबाट खतरनाक स्थिति उत्पन्न हुने भएकाले सतर्क हुन आग्रह गर्नुभएको हो । यस्तै डब्ल्यूएचआले विश्वभर कोरोनाबाट संक्रमित भएका मानिसहरुमा औसतमा सात जनामध्ये एकजना स्वास्थ्यकर्मी रहेको जनाएकोे छ । डब्ल्यूएचओले सबै मुलुकहरुलाई फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई संक्रमणबाट बचाउन आवश्यक पीपीईको व्यवस्था गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधोनाम गेब्रेयेससले विश्वव्यापी रुपमा करिब १४ प्रतिशत कोरोना संक्रमित स्वास्थ्यकर्मीहरु रहेको बताउनुभयो ।

साथै केही मुलुकमा भने ३५ प्रतिशतसम्म संक्रमित स्वास्थ्यकर्मी रहेका छन् । तर उनीहरु आफ्नो काममा नै संक्रमित भएको वा समुदायबाट संक्रमित भएको भन्ने थाहा पाउन निकै कठिन हुने गेब्रेयेससले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू