अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

विश्वभर २ करोड १८ लाख ३४ हजार १ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ असोज १ गते ७:३८ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड १८ लाख ३४ हजार १ सय २ कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ३ करोड ८७ हजार २ सय ४८ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये ९ लाख ४५ हजार ९ सय ७८ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ७३ लाख ७ हजार १ सय ६८ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६१ हजार २ सय ७५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ७२ लाख ४५ हजार ८ सय ९३ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ६८ लाख २९ हजार ९ सय ५१ जना संक्रमित भएका छन् भने २ लाख १ हजार ४ सय ३ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार भारतमा ५१ लाख २८ हजार ९ सय १८८१ जना संक्रमित हुँदा ८३ हजार ३ सय ३८ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ४४ लाख २१ हजार ६ सय ८६ जना संक्रमित भएका छन् भने १ लाख ३४ हजार १ सय ७४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू