अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१७ | Colorodo: 07:32

नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण, १ हजार २ सय ४३ जना उपचारपछि डिस्चार्ज

बिआरटीनेपाल २०७७ असोज १ गते ७:३३ मा प्रकाशित

नेपालमा कोरोना भाइरसका संक्रमतिको संख्या ५९ हजार पाँच सय ७३ पुगेको छ । गएको २४ घण्टामा १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा १ एक हजार २ सय ४६ जनामा संक्रमण देखिएको हो । गएको २४ घण्टामा १ हजार २ सय ४३ निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ ।

अब नेपालमा १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । सक्रिय संक्रमितमध्ये आईसीयूमा १ सय ८२ जना र भेन्टिलेटरमा ३९ जना उपचाररत् रहेको बताईएको छ । यस्तै ७ हजार ८ सय ८३ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यर्सैबीच, गएको २४ घण्टामा ४ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ८३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । मुलुकका मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, र रुपन्देही जिल्लामा कोरोनाका ५ सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, मुस्ताङ, डोल्ला, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू