अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२७ | Colorodo: 20:42

जापानमा सिन्जो आवेको उत्तराधिकारीको रुपमा तीन जना प्रतिस्पर्धामा

बिआरटीनेपाल २०७७ भदौ २९ गते १:३५ मा प्रकाशित

जापानको सत्ताधारी दल लिबरल डेमोक्र्याटिक पार्टीले प्रधानमन्त्रीका लागि तीन जना आकांक्षी देखा परेका छन् ।प्रधानमन्त्री सिन्जो आवेको उत्तराधिकारीका रुपमा उनका दलका तीन जना आकांक्षी रहेको बताइएको छ ।आबेले स्वास्थ्यको कारण देखाउँदै गत महिना राजिनामा दिनुभएको थियो । वर्तमान मन्त्रिपरिषदको मुख्य सचिव रहेका योसिदे प्रमुख दाबेदारको रुपमा अघि सारिएको छ ।

आबेका विश्वास पात्रका रुपमा रहेका योसिदेले सरकारले यसअघि लिएको नीतिलाई निरन्तरता दिने बताइएको छ ।सुगे चतुर एवम् अनुभवी राजनीतिज्ञ मानिन्छन् । सुगेको कार्यशैली आगामी वर्ष हुने निर्वाचनको नतिजाले देखाउने विश्लेषकहरुले बताएका छन् ।सुगेका प्रतिष्पर्धीका रुपमा रहेका किनिदा फुमियो र शिगेरु इशिवा पनि उत्तिकै दावेदारको रुपमा रहेको बताइएको छ ।

तर, निवर्तमान प्रधानमन्त्री आवेको समर्थन रहेकाले सुगे नै नयाँ प्रधानमन्त्रीको उम्मेद्वार बन्ने सम्भावना बलियो रहेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।यस्तै प्रमुख विपक्षी दल कन्जर्वेटिभ लिबरल डेमोक्र्याटिक पार्टी ले आफ्नो उम्मेद्वार छनौट गरेपछि आगामी बुधबार संसदले बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्ने बताइएको छ । नयाँ निर्वाचित प्रधानमन्त्रीले आगामी वर्ष हुने मध्यावधि निर्वाचन गराउनुपर्ने चुनौती रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू