अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

नेपाल सरकार मन्त्रिपरिषदको बस्दै, वामदेव र कुलमानबारे निर्णय हुने संभावना

बिआरटीनेपाल २०७७ भदौ २९ गते १:२४ मा प्रकाशित

आज नेपाल सरकार मन्त्रीपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । सोमबारको बैठकमा वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस र कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा नियुक्त गर्ने संभावना रहेको एक मन्त्रीले जानकारी दिएका छन् ।

यसअघि गत बिहीबार नै बस्नु पर्ने बैठक प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बस्न सकेको थिएन। गौतमलाई राष्ट्रियसभामा सदस्य बनाउने निर्णय नेकपाले गरेको छ। त्यस्तै कुलमान घिसिङ दोस्रो कार्यकालका लागि विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बनाउने प्रस्ताव ऊर्जा मन्त्रालयले लैजाने तयारी गरेको छ।

घिसिङ चार वर्षे कार्यकाल पूरा गरेर आइतबार प्राधिकरणबाट बिदा हुनुभएको छ । दुवै नियुक्तिबारे प्रधानमन्त्री ओली व्यक्तिगत रुपमा इच्छुक नभए पार्टी निर्णय र दबाबका कारण बाध्य हुने संभावना रहेको बताईन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू