अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५६ | Colorodo: 18:11

कोरोना भाइरसको सङ्क्रमण रोक्ने नयाँ तरिका पत्ता लगाएको भारतीय अनुसन्धानकर्ताको दाबी

बिआरटीनेपाल २०७७ भदौ २३ गते ७:०० मा प्रकाशित

भारतमा कोरोना भाइरसको सङ्क्रमण दर विश्वमै सबैभन्दा बढी देखिएका बेला भारतीय शोध कर्ताले कोरोना भाइरसको सङ्क्रमण रोक्ने नयाँ तरिका पत्ता लगाएको दाबी गरेका छन् । भारतको गुवाहाटीस्थित ईन्डियन ईन्स्टिच्युट अफ टेक्नोलोजी आईआईटीका शोधकर्ता विद्यार्थीहरुले कोभिड– १९ को पहिचान र रोकथामका लागि नयाँ तरिका पत्ता लगाएको दाबी गरेका हुन् ।

आईआईटीका विद्यार्थीहरुले कोरोना भाइरस र सरफेस स्पाइक प्रोटिनको बीचमा बायो इन्टरफेस इन्ट्र्याक्सन विधिद्वारा कोरोना भाइरसको पहिचान र रोकथाम गर्ने उपायको विकास गरेको दाबी गरेका हुन । उनीहरुले एण्टिबडीमा आधारित तरिका र आर टी पिसिआरमा आधारित तरिकाको प्रयोग गर्दै आइरहेको बताएका छन् ।

कोरोना भाइरसको सरफेस स्पाइक प्रोटिन र अहिले तयार पारिएको सतह अर्थात लेयरकाबीच ईन्टरफेस ईन्ट्र्याक्सनको प्रयोगबाट कोरोना भाइरसको परीक्षण छोटो समयमा गर्न सकिने उनीहरुले दाबी गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू