अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१५ | Colorodo: 03:30

कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा लिइने

बिआरटीनेपाल २०७७ भदौ २३ गते ६:४४ मा प्रकाशित

कोरोना जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्नेलगायत विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ । सातवटै प्रदेशका सरोकार पक्षसँग छलफल गरी सुझाबसहितको प्रतिवेदन सचिवालयले बोर्डमा बुझाएको छ ।

बोर्डका एक अधिकारीका अनुसार प्रतिवेदनमा चरणबद्ध रूपमा परीक्षा सञ्चालनलाई पहिलो प्राथमिकता दिइएको छ । त्यसबाहेक ओपन बुक पद्धति अपनाउने, त्यसमा पनि कक्षा–११ को नतिजालाई केही आधार मान्ने गरी परीक्षा लिने र अनलाइनबाट प्रश्न पठाएर विद्यालयले परीक्षा लिने विकल्प प्रतिवेदनमा सुझाइएको छ ।

अझै ढिलो गर्दा हिमाली भेगमा हिउँदमा परीक्षा सञ्चालन गर्न कठिन हुने र शैक्षिक सत्रसमेत जोखिममा पर्ने भएकाले छिटो गर्नुपर्ने सुझाब प्रतिवेदनमा छ । कोरोना जोखिम कम रहेका जिल्लाबाट सुरु गर्दै धेरै विद्यार्थी भएका विद्यालयसम्म पुग्ने गरी परीक्षा सञ्चालन गर्ने प्रस्तावलाई बोर्ड सचिवालयले बढी प्राथमिकता दिएको छ ।

विद्यालय तहको अन्तिम परीक्षा भएको र त्यसले विश्वभर मान्यता पाउनुपर्ने भएकाले कक्षा–१२ को परीक्षालाई विश्वसनीय बनाउनुपर्ने दायित्व बोर्डको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू