अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२५ | Colorodo: 22:40

जुत्ता

स्वप्निल स्मृति २०७७ भदौ २३ गते ६:२० मा प्रकाशित

खाली खुट्टा जन्मेको थिएँ
तिमीले उपहार दियौ जुत्ता ।

अब म जहाँ हिडुँ सपनामा बाहेक
हुने छैनन् मेरो पाइला यस धर्तीमा
हुने छन् त केवल
तिम्रै उपहारका डोबहरू !

जबजब बिज्ने छ काँडा
झन् गहिरो गहिरो हुनेछ तिम्रो सम्झना र माया
जब फाट्ने छ जुत्ता
त्यो खुट्टाले फुकाल्ने छ
त्यसलाई एउटा-एउटा
पहिरिने छु दिलमा र मस्तिष्कमा !

हामी जुत्ता झैँ जोडी भइसक्यौँ, मान !
हामी ढोकै बाहिर छौँ, मान !!
हामी हिँडिसक्याैँ अनन्त प्रेम यात्रामा ।

खाली खुट्टा जन्मेको थिएँ
तिमीले उपहार दियौ जुत्ता ।

प्रतिक्रिया