अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८
| Colorodo: 23:03
नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ । गएको २४ घण्टामा ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा ९ सय ७९ जनामा कोरोनाको संक्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा १ हजार ७ सय ३६ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ जना पुगेको छ ।
अब नेपालमा १७ हजार दुई सय ५९ जना सक्रिय संक्रमति आइसोलेशनमा रहेका छन् । यस्तै ४ हजार ७ सय ३९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।