अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 18:37

मन्त्रिपरिषद् तत्काल पुनगर्ठन नहुने प्रधानमन्त्रीको भनाइ

बिआरटीनेपाल २०७७ भदौ १९ गते ६:४५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने संकेत गर्नुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरु विरुद्ध गरिएको प्रचार मात्र भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाइ हल्लाको पछि नलाग्न आग्रह गर्दै मन्त्रीपरिषद पुर्नगठन नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले खाली भएको ठाउँमा नयाँ मन्त्री नियुक्त गरेपनि सिंगो मन्त्रिपरिषद् पुनर्गठन नहुने प्रष्ट पार्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू