अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५६ | Colorodo: 18:11

भारतमा भाइरसको सङ्क्रमण दिनप्रतिदिन तीव्र बन्दै

बिआरटीनेपाल २०७७ साउन ३० गते ७:३७ मा प्रकाशित

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण भारतमा दिनप्रतिदिन तीव्र बन्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार एक सय ४२ भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार ६ जनाको मृत्यु भएको छ ।

भारतमा सङ्क्रमितको संख्या २४ लाख ५९ हजार नाघेको छ । यस्तै कोरोनाका कारण ४८ हजार एक सय ४४ जनाको मृत्यु भएको छ । नयाँ बिरामी र ज्यान गुमाउनेको यो संख्या अहिले सम्मकै धेरै हो ।

भारतमा अहिलेसम्म १७ लाख ५० हजारभन्दा धेरै निको भएका र सात लाख ६४ हजारको उपचार भइरहेको छ । जसमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू