अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५९ | Colorodo: 15:14

कोरोनाको जोखिम बढ्दै गएपछि भुटानमा पहिलो पटक लकडाउन

बिआरटीनेपाल २०७७ साउन २७ गते ६:५२ मा प्रकाशित

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि भुटानले पहिलो पटक देशभर लकडाउन घोषणा गरेको छ । क्वरेण्टीनबाट डिस्चार्ज भएकी २७ वर्षीया युवतीमा कोरोना भाइरसको सङ्क्रमण पाइएपछि भुटानमा लकडाउन घोषणा गरिएको हो । कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि कुवेतबाट फर्किएकी ती युवतीलाई क्वरेण्टीनबाट डिस्चार्ज गरिएको थियो । तर सोमबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि लकडाउन गरेको भुटानको सरकारले जनाएको छ ।

राजधानी क्षेत्रमा सङ्क्रमणको दर तीव्र गतिमा फैलिन सक्ने भन्दै लकडाउनलाई विकल्पको रुपमा लिइएको स्थानीय प्रशासनले जनाएको छ ।

झण्डै साढे सात लाख जनसङ्ख्या रहेको भुटानका धेरैजसो नागरिक बुद्ध धर्ममा आस्था राख्छन् । दक्षिण एसियाली राष्ट्रमध्ये भुटान कोरोनाबाट सबैभन्दा कम प्रभावित देश हो । त्यहाँ अहिलेसम्म एक सय १३ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू