अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३८ | Colorodo: 21:53

बलिउड अभिनेता अभिषेक बच्चन कोरोनामुक्त

बिआरटीनेपाल २०७७ साउन २४ गते ६:३२ मा प्रकाशित

कोरोना भाइरसको संक्रमणपछि मुम्बईको नानावटी अस्पतालमा उपचाररत बलिउड अभिनेता अभिषेक बच्चन कोरोनामुक्त हुनुभएको छ । अभिषेकले ट्वीट गरेर आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभएको हो ।

अभिषेक २८ दिनपछि कोरानामुक्त हुनुभएको हो । कोरोना भाइरसको संक्रमण भएपछि अभिषेकका साथै उहाँका बुवा अभिषेक बच्चन गत जुलाई ११ गते नानावटी अस्पताल भर्ना हुनुभएको थियो ।

बच्चन परिवारका चार जनालाई कारोना भाइरसको संक्रमण भएको थियो। अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या यसअघि नै कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू