अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४८ | Colorodo: 19:03

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुग्यो, १५ हजार ८ सय १४ जना उपचारपछि डिस्चार्ज

बिआरटीनेपाल २०७७ साउन २३ गते ६:०१ मा प्रकाशित

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७० पुगेको हो । मृतकमा पर्साका ३ जना तथा सिरहा र सर्लाहीका एक एक जना रहेका छन् । पर्साका ४५ वर्षीय, ५७ वर्षीय र ७९ वर्षीय तथा सिराहाका २५ बर्षीय र सर्लाहीका ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । गौतमका अनुसार यो संक्रमितमध्ये मृतकको प्रतिशत ०.३ प्रतिशत हो । विगतका केही दिनमा मृत्युको दर भने बढ्दै गएकाले सचेत हुन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २२ हजार नाघेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४६४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २२ हजार माथि पुगेको हो । अहिलेसम्म कुल संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ । नेपालमा अहिले संक्रिय संक्रमितको संख्या ६ हजार तीन सय ३० रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२५ डिस्चार्ज भएका छन्। यो संगै अहिलेसम्म कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ८१४ पुगेको छ। अहिले देशभरका क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन्। नेपालमा पाँच सय बढी कोरोना संक्रमित हुने जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् ।

अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने ७ पुगेको छ। प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो। मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा ६ हजार तीन सय ३० संक्रमित रहेका छन् । स्वास्थ्य मनत्रालयका अनुसार पछिल्लोसमय मुलुकमा लक्षण भएका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू