अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५९ | Colorodo: 22:14

भारतमा कोरोना सङ्क्रमणको दर बढ्दै, एकैदिन थपिए ५२ हजारभन्दा बढी सङ्क्रमित

बिआरटीनेपाल २०७७ साउन १९ गते ७:०४ मा प्रकाशित

भारतमा कोरोना सङ्क्रमणदर अमेरिका र ब्राजिलभन्दा बढी भएको छ । भारतमा पछिल्लो २४ घण्टाभित्र अहिले सम्मकै र अन्य मुलुकमा भन्दा धेरै सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा भारतमा अमेरिका र ब्राजिलको भन्दा धेरै सङ्क्रमित पहिचान भएका हुन् ।

भारतमा पछिल्लो २४ घन्टामा ५२ हजार ९ सय ७२ जना सङ्क्रमित भेटिएका छन् । यस्तै पछिल्लो २४ घन्टामा ७ सय ७१ जना सङ्क्रमितको मृत्यु भएको छ । यही अवधिमा अमेरिकामा ३९ हजार ३८ जना र ब्राजिलमा २४ हजार ८१ जना नयाँ संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू