अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 04:00

कोरोनाका कारण विश्वभर १ करोड ८० लाख २३ हजार ३ सय बढी संक्रमित, ६ लाख ८८ हजार ९ सय ३९ को मृत्यु

बिआरटीनेपाल २०७७ साउन १७ गते २३:५४ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ८० लाख २३ हजार ३ सय ५७ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ६ लाख ८८ हजार ९ सय ३९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित १ करोड १३ लाख ३२ हजार १४ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ५७ हजार ८ सय ९८, ब्राजिलमा ९३ हजार ६ सय १६, भारतमा ३७ हजार ४ सय ३, रसियामा १४ हजार ५८, स्पेनमा २८ हजार ४ सय ४५, मेक्सिकोमा ४७ हजार ४ सय ७२ र, बेलायतमा ४६ हजार १ सय ९३ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा १६ हजार ९ सय ८२ , इटालीमा ३५ हजार १ सय ४६, फ्रान्समा ३० हजार २ सय ६५, पेरुमा १९ हजार ४ सय ८, जर्मनीमा ९ हजार २ सय २६ , क्यानडामा ८ हजार ९ सय ४१ र बेल्जियममा ९ हजार ८ सय ४५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार ९ सय ७०, बंगलादेशमा ३ हजार १ सय ३२ , अफगानिस्तानमा १ हजार २ सय ८३, श्रीलंकामा ११ र माल्दिभ्स्मा १७ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा १ सय २ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू