अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४३ | Colorodo: 02:58

फैलदो कोरोना संक्रमणका कारण काठमाण्डौं उपत्यका प्रवेशमा कडाइ, अतिआवश्यक सेवा बाहेक अन्य आवतवाजत बन्द

बिआरटीनेपाल २०७७ साउन १६ गते ०:०३ मा प्रकाशित

गृहमन्त्रलयले साँझ ७ बजेदेखि भोलिपल्ट विहान ७ बजेसम्म काठमाण्डौ उपत्यकाका नाकामा प्रवेश गर्न रोक लगाएको छ । एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले रातको समय काठमाण्डौ उपत्यका प्रवेशमा रोक लगाएको हो ।

मन्त्रालयले उपत्यका भित्रिने धेरै यात्रुमा कोरोना संक्रमण देखिएको भन्दै यो निर्णय गरेको हो । यो निर्णय (साउन १५) देखि नै लागू हुने गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म नाकामा यात्रुको आवागमन पूर्ण बन्द गराइने भएको छ ।

उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरूलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न र बिना पास अन्तर जिल्ला आवागमन पूर्ण बन्द गराउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू