अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५७ | Colorodo: 07:12

कोलोराडोमा इनडोर पब्लिक स्पेसमा मास्क लगाउन आदेश

बिआरटीनेपाल २०७७ साउन ४ गते १२:४१ मा प्रकाशित

कोलोराडो । गभर्नर जेरड पोलिसले ‘इनडोर पब्लिक स्पेस’ मा मास्क लगाउन बिहीबार एक्जेकेटिभ अर्डरमा हस्ताक्षर गरेका छन् । उनले मास्क लगाउने सम्बन्धी उक्त एक्जेकेटिभ अर्डरमा हस्ताक्षर गर्न किन ढिलाइ गरे ? त्यस सम्बन्धमा कोलोराडो डिपार्टमेन्ट अफ पब्लिक हेल्थ एण्ड इन्भायरोमेन्टले यस्तो प्रस्टोक्ति दिएको छ ।

डिपार्टमेन्ट अफ पब्लिक हेल्थका अनुसार मास्क लगाउने आदेश स्थानीय तहमा जारी भए बढी प्रभावकारी हुने भएता पनि ३९ वटा सिटी र काउन्टीले मात्र यस्तो आदेश जारी गरी कार्यान्वयन गरेको अवस्था थियो । त्यसलाई देशव्यापी बनाउन र मास्क लगाउने सम्बन्धी अन्योल हटाउन गभर्नरले एक्जेकेटिभ अर्डरमा हस्ताक्षर गरेका हुन् । व्यवसायीहरूले समेत यस्तो अन्योल हटाउन माग गरेको जनाइएको छ ।

बस्तु तथा सेवा उपलब्ध गराउने घरभित्र रहेको तर सार्वजनिक प्रयोगका लागि उपलब्ध निजी तथा सरकारी स्थानलाई ‘पब्लिक इन्डोर स्पेस’ का रूपमा परिभाषित गरिएको छ । यसमा दैनिक उपभोग्य बस्तु बेचिने ग्रोसरी स्टोर, यातायात र सरकारी भवन लगायत मानिस भेला हुने सबै भवन पर्छन् ।

एक्जेकेटिभ अर्डर जारी भएपछि इन्डोर पब्लिक स्पेसमा मास्क नलगाई प्रवेश पाइँदैन । प्रवेश गरे कानुन अनुसार कारबाही हुन्छ । तर, त्यस्ता स्थानमा जाँदा मुख ढाक्ने कपडा वा सामान्य मास्क लगाए पनि फरक पर्दैन ।

प्रतिक्रिया