अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

भारतको वनारसमा जबरजस्ती नेपालीको कपाल खौरिदिने पक्राउ, संलग्नहरुको खोजी तीब्र

बिआरटीनेपाल २०७७ साउन २ गते २३:०५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको अभिब्यक्तिलाई लिएर भारतको वनारसमा एक नेपालीको कपाल जबरजस्ती खौरिदिएको घटनामा संलग्नलाई प्रहरीले प्रक्राउ गरेको छ । मुन्डन गरिरहेको तस्वीर खिच्ने सन्तोस पाण्डेय र अन्य केहीलाई प्रहरीले पक्राउ गरेको हो । पाण्डेयले उक्त घटनाको भिडियो बनाएको प्रहरीले जनाएको छ ।

वनारसमा एक संगठन चलाउँदै आएका अरुण पाठकले फेसबुकमा कपाल खौरिएको भिडियो सेयर गरेका थिए । प्रहरीले पाण्डेयको फोनमा उक्त भिडियो भेटाउनुको साथै घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत पहिचान गरेको छ।

प्रहरीले अरु दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। अन्य ब्यक्तिहरुको खोजी भइरहेको छ । घटनामा संलग्नहरुविरुद्ध कठोर कारवाही गर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू