अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

इरानमा सातवटा पानीजहाजमा आगलागी, ‘आगलागी रहस्यमय’

बिआरटीनेपाल २०७७ साउन १ गते २:२५ मा प्रकाशित

इरानको बुशेहर बन्दगाहमा रहेका सातवटा पानीजहाजमा आगलागी भएको छ । पानीजहामा लागेको आगो लामो समयपछी नियन्त्रणमा लिइएको थियो । आगलागीको यो पछिल्लो घटनालाई इरान सरकारले रहस्यमय श्रृंखलाको रुपमा लिएको छ ।

इरानमा पछिल्लो समय बन्दरगाह, उर्जा केन्द्र, क्षेप्यास्त्र पणाली र परमाणु केन्द्रमा रहस्यमय तबरले आगलागी भइरहेको छ । अमेरिका र इजरायल मिलेर तयार पारेको कम्प्युटर भाइरसको माध्यबाट आगलागी गराइएको आशंका ईरानले गरेको छ ।

आगलागीका श्रृखलाबद्ध घटना भबितब्य मात्रै हुन नसक्ने भन्दै इरानले घटनाको पछाडी लुकेकाहरुलाई गतिलो जवाफ दिने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू