अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७ | Colorodo: 10:32

यूएईमा भिसा सकिएकालाई जरिवाना, नेपालीको तत्काल उद्धार गर्न एनआरएनको आग्रह

बिआरटीनेपाल २०७७ असार ३१ गते १:०१ मा प्रकाशित

एनआरएन युएईले यूएईमा अलपत्र नेपालीलाई तत्काल नेपाल फर्काउन नेपाल सरकारसँग आग्रह गरेको छ । एनआरएनले एक विज्ञप्ति जारी गर्दै भिसा सकिएका नेपालीहरुको उद्धारकालागि उडान बढाउन र साधारण उडानबाट उद्धार गर्न आग्रह गरेको छ । युएईले जुलाई १२, २०२० सम्म क्यान्सिल भइसकेको रेसिडेन्स भिसा र म्याद सकिएको भिजिट भिसा बाहकलाई ११ अगष्ट, २०२० सम्म आफ्नो मुलुक नफर्किए कानुन बमोजिम जरिवाना तिर्नुपर्ने व्यवस्था गरेको छ ।

अगष्टसम्म आफ्नो देश नफर्किए नेपालीहरुले पहिलो दिनको १ सय २५, रिन्युअल पेनाल्टी र लिभ पर्मिटको २ सय ८७ फाइन र हरेक दिन २५ रेसिडेन्ट भिसा र एक सय भिजिट भिसाका दरले जरिवाना तिर्नुपर्ने हुन्छ । महिनौं देखि बेरोजगार भएका हजारौंका संख्याका नेपालीहरुलाई यो अप्ठ्यारो परिस्थितिबाट बचाउन एनआएनले नेपाल सरकारलाई आग्रह गरेको हो । यो नियम युएईले जुलाई १२ बाट लागु गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू