सरकारले २ जनासम्म यात्रु राख्नेगरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी थालेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकमा ट्याक्सीसहित सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको भएको बताइएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको छ ।
अब यस विषयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीमा छलफल गरेर निर्णय गरिने पनि बताईएको छ । यसका साथै सीसीएमसीलाई नै सार्वजनिक सवारी साधन सञ्चालनबारे पनि गृहकार्य गर्ने जिम्मा पनि दिइएको छ ।
यातायात व्यवस्था मन्त्रालयले यातायात व्यवसायी लगायत सरोकारबाला पक्षसँग छलफल गरेर सीसीएमसीमा मोडालिटी पेश गर्ने र सोही अनुसार निर्णय हुने जानकारी गराइएको छ । ट्याक्सी सञ्चालन गर्न नपाउँदा आफुहरुको रोजीरोटी खोसिएको र बैंकको व्याज चुक्ता गर्न पनि समस्या भएको भन्दै ट्याक्सी व्यवसायीहरु निरन्तर आन्दोलनमा रहदै आएका छन् ।