अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५८ | Colorodo: 21:13

कोभिड–१९ का कारण विश्वभर १ करोड १७ लाख ७४ हजार ८ सय बढी संक्रमित, ५ लाख ४१ हजार ६ सय २२ को मृत्यु

बिआरटीनेपाल २०७७ असार २३ गते ७:२८ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड १७ लाख ७४ हजार ८ सय ९७ जना संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५ लाख ४१ हजार ६ सय २२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ६७ लाख ६७ हजार ४ सय ८२ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ३३ हजार १३, इटालीमा ३४ हजार ८ सय ६९, स्पेनमा २८ हजार ३ सय ८८, फ्रान्समा २९ हजार ९ सय २०, बेलायतमा ४४ हजार २ सय ३६ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ११ हजार ९ सय ३१, जर्मनीमा ९ हजार ९३ , बेल्जियममा ९ हजार ७ सय ७४, ब्राजिलमा ६५ हजार ६ सय ३१, रसियामा १० हजार ४ सय ९४ र क्यानडामा ८ हजार ६ सय ९३ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा २० हजार १ सय ९८ , पाकिस्तानमा ४ हजार ८ सय ३९, बंगलादेशमा २ हजार १ सय ५१ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ९ सय २० , श्रीलंकामा ११ र माल्दिभ्स्मा १२ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ८० जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू