अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३६ | Colorodo: 15:51

कोभिड–१९ का कारण विश्वभर १ करोड १७ लाख ४४ हजार ३ सय बढी संक्रमित, ५ लाख ४० हजार ७ सय ६४ को मृत्यु

बिआरटीनेपाल २०७७ असार २३ गते ०:०२ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड १७ लाख ४४ हजार ३ सय ९७ जना संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५ लाख ४० हजार ७ सय ६४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ६७ लाख ४० हजार ९६ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ३२ हजार ९ सय ७९, इटालीमा ३४ हजार ८ सय ६९, स्पेनमा २८ हजार ३ सय ८८, फ्रान्समा २९ हजार ९ सय २०, बेलायतमा ४४ हजार २ सय ३६ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ११ हजार ७ सय ३१, जर्मनीमा ९ हजार ९२ , बेल्जियममा ९ हजार ७ सय ७४, ब्राजिलमा ६५ हजार ५ सय ५६ , रसियामा १० हजार २ सय ९६ र क्यानडामा ८ हजार ६ सय ९३ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा २० हजार १ सय ७४ , पाकिस्तानमा ४ हजार ८ सय ३९, बंगलादेशमा २ हजार ९६ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ८ सय ९८ , श्रीलंकामा ११ र माल्दिभ्स्मा १२ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ८० जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू